सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी ५० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका १२ कि टिका सुनार रहेको प्रहरीले जनाएको छ ।
मङ्गलवार राति घण्टाघर चोकदेखि कपासेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ प ७४६१ नम्बरको मोटरसाइकलले वीरेन्द्रनगर ७ घण्टाघर नजिकै उनलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन् । घाइते सुनारको प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले खबरदृष्टिलाई जानकारी दिए ।
उनकाअनुसार मोटरसाइकल चालक दैलेखको महावु गाउँपालिका ६ का तेजबहादुर शाही पनि घाइते भएका थिए । उनलाई भने उपचार गरी हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको छ । सुनारको शव अहिले प्रदेश अस्पताल कालागाउँमा राखिएको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।