२०८३ वैशाख ८ , मंगलबार

ऐरिचोकबाट लागु औषध सहित एक जना पक्राउ



सुर्खेत । वीरेन्द्रनगरमा लागु औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोईलिका वर्ष २५ का देबु भण्डारी रहेका छन् । उनलाई वीरेन्द्रनगर नगरपालिका–३ ऐरिचोकमा रहेको आचार्य चिया पसलमा लागू औषध कारोबार भइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ३ जनाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका भण्डारीको साथबाट नापतौल गर्दा शुद्ध ६६० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ समेत बरामद गरिएको छ । भण्डारीलाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । यस्तै प्रहरीले जुम्लामा पनि लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–२ बस्ने वर्ष २२ का मदन भण्डारी रहेको प्रहरीले जनाएको छ । उनलाई चन्दननाथ नगरपालिका–५ कार्कीवाडाबाट पक्राउ गरिएको हो ।

उनको साथबाट शुद्ध १०० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ समेत बरामद गरिएको र उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्ला राखिएको छ ।

प्रकाशित मिति : २०८० असार १३ गते बुधबार