रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ मा रहेको स्यार्पु तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ ।
मंगलबार स्यार्पु तालमा डुबेर बेपत्ता भएकी बाँफिकोट गाउँपालिका वडा नं ३ बस्ने डिलबहादुर विककी छोरी ११ वर्षीय टिका विकको शव फेला बुधवार फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
स्यार्पु ताल माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत टिका साथीहरुसँग पौडी खेल्न तालमा गएको बेला मंगलवार डुबेर बेपत्ता भएकी थिइन् । उनीसँग गएका अन्य पाँच जना भने सकुशल घर फर्किएका थिए ।
प्रकाशित मिति : २०८० असार १३ गते बुधबार