२०८३ वैशाख ८ , मंगलबार

कर्णाली प्रदेश प्रमुख परियारद्धारा ‘बकर इद’ को शुभकामना



कर्णाली प्रदेश प्रमुख तिलक परियार

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको बताएका छन् । बिहीबार मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मुसलमान समुदाय लगायत सम्पूर्ण नेपाली जनमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले यस पर्वले सबै नेपाली बिच सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने छ भन्ने आफूले विश्वास लिएको बताएका छन् ।

“मुस्लिम समुदायको ठुलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) आपसी रिस, राग, र द्वेषलाई बिर्सेर एक आपसमा खुसी, सद्भाव, तथा शुभकामना आदान प्रदान गरी मनाउने गरिन्छ । जो हाम्रो सम्पदा हो । यसरी मनाइने ‘बकर इद’ले हामीबिच सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्ने विश्वास लिएको छु ।”

उनले जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधान २०७२ मा नेपाल बहु सांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको कुरा उल्लेखले पनि देशको बहु सांस्कृतिक पक्षलाई आत्मसाथ गरेको प्रष्ट हुन्छ । हाम्रो विविधता भित्रको सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्दछ भन्ने मैले आशा र विश्वास लिएको छु ।’

No description available.

प्रकाशित मिति : २०८० असार १४ गते बिहीबार