
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकामा एम्बुलेन्स सेवा सुचारु भएसँगै बिरामीलाई सहज भएको छ । एम्बुलेन्स नहुँदा बिरामीलाई जिल्ला अस्पताल पु¥याउन निकै समस्या हुने गरेकोमा एम्बुलेन्स सुचारु भएपछि बिरामीलाई सहज भएको हो ।
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीका प्रेस सल्लाहकार जनक बहादुर शाहीले गाउँपालिकाको समस्या देखाउँदै भारतीय दूतावाससँग एम्बुलेन्सको माग गरेका थिए ।
उनकै पहलमा भरतीय दूतावासले एम्बुलेन्स दिएको थियो । एम्बुलेन्स सुचारु भएपछि बिरामीका लागि निकै राहत मिलेको स्थानीयले बताएका छन् । एम्बुलेन्स सेवा सुचारु भएलगत्तै गाउँपालिकाका सुत्केरी बाहेक अन्य बिरामीलाई ६० प्रतिशत रकम छुटको व्यवस्था समेत गरिएको छ ।
यस्तै गाउँपालिका बाहिरका जुन सुकै बिरामीलाई ४० प्रतिशत छुटमा गाउँपालिका केन्द्रदेखि जिल्ला अस्पतालसम्म पु¥याउने व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख बलिराज शाहीले बताए । शाहीले गाउँपालिकाको असार ८ गते बसेको निर्णय अनुसार गाउँपालिकाभित्रका सुत्केरी महिलालाई निःशुल्क जिल्ला अस्पतालसम्म पु¥याउने व्यवस्था गरिएको जानकारी दिए ।