२०८३ वैशाख ८ , मंगलबार

भारतमा पहिरोमा परी रुकुमपश्चिमका एकै परिवारका तीन जनाको मृत्यु



रुकुमपश्चिम । भारतमा पहिरोमा परेर रुकुमपश्चिमका तीनजनाको मृत्यु भएको छ । भारतको हिमाचल प्रदेश, सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा परेर रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ खहरेका ५० वर्षीय देबहादुर वली, उनकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको सोमबार बिहान मृत्यु भएको आफन्त मुकुन्द खड्काले जानकारी दिए ।

उनकाअनुसार उनीहरु सोमवार बिहान घर माथिबाट आएको पहिरोमा परेका हुन् । देबबहादुर ऋण तिर्नका लागि भन्दै एक वर्षअघि मजदुरी गर्न भारत गएका थिए ।

श्रीमती र दुई छोरा भने झण्डै एक महिना अघि मात्रै भारत गएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिए । पहिरो गएका बेला जेठो छोरो घरमा नभएकाले बाँचेका सफल भएका छन् ।

प्रकाशित मिति : २०८० असार २६ गते मंगलबार