
सुर्खेत । वीरेन्द्रनगर–६ राधाकृष्ण मन्दिर स्थित सद्भावना टोलबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर – ५ बस्ने बर्ष २७ का अम्मर बिक, सोही ठाउँको सरस्वतीटोल बस्ने बर्ष २२ का राजन केसी र सम्रिक टोल बस्ने बर्ष ३२ का ढकेन्द्र बिक रहेका छन् ।
उनीहरुलाई नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको शरिर खान तलासी गर्दा प्रहरीले शुद्ध २ सय ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको छ । हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असार २६ गते मंगलबार