
रवि हमाल, मुगु । मुगुको छायानाथ रारा नगरपालिका १० जिउला गाउँकी रुपा विक उमेरले ६० वर्षकी भइन्। तर आज सम्म उनले घर नजिक खानेपानीको धारा देख्नु भएन । सधैँ पानी लिन घर बाट आधा घण्टा हिँडेर पानीको जोहो गदै उमेर ढल्किएको सुनाउने बिक विगतका दिनमा घण्टौँ हिँडेर पानी बोक्नु पर्ने बाध्यता थियो । उनले अहिले घर घरमा धारा आएपछि पानी बोक्दाको पीडा दूर भएको बताइन ।
‘सोही गाउँमा अर्का रूप सिंह कामीका अनुसार खानेपानीको अभावमा खोलाको,कुवाको पानी खाने गरेका थियौ, खोलाको पानी विभिन्न किसिमका पानी जन्यरोग बाट सिकार बनेका हामी प्रत्येक घरमा खानेपानीको धारा निर्माण गरेपछि अब सबैले सुरक्षित खानेपानी उपभोग गर्न पाएको भन्दै खुसी भएको महसुस उनले सुनाइन् ।’
यो आर्थिक वर्षमा छायानाथ रारा नगरपालिका भित्रका ६ बस्तीमा एक घर एक धारा निर्माण गरिएको छ । घरघरमा धारा निर्माण भएपछि स्थानीय दंग भएका छन् । नेपाल सरकाको लक्ष्य २०३० सम्ममा सुरक्षित खानेपानी घरघरमा पु¥याउने लक्ष्यका लिएको छ । त्यसै अनुरूप छायानाथ रारा नगरपालिकाले घर घरमा सुरक्षित स्वच्छ खानेपानी पु¥याउने उद्देश्य सहित यो अभियान सञ्चालन गरिरहेको छ ।
छायानाथ रारा नगरपालिका यु।यस।आई डी। कर्णाली जल परियोजनाको आर्थिक सहयोगमा र हिमाली ग्रामणि युवा समाज विकास केन्द्र हिरिष्डेकको प्राविधिक सहयोगमा छायानाथ रारा नगरपालिका भित्रका भित्रका ६ वटा गाउँ बस्ती छायानाथ रारा नगरपालिका वडा नं ४ का कालपाल्तमा २७ घर, खामगोईटेमा २२ घर छायानाथ रारा नगरपालिका १० जिउलामा २९, गाडापालिमा ५१ घर तल्लेखमा ७० घर र छायानाथ रारा नगरपालिका ९ मुर्मामा ७३ घर गरी २ सय ७२ घरमा धारा निर्माण भएका छन् ।
छायानाथ रारा नगरपालिको २५ लाख ८८ हजार २ सय र यु.यस.आई डी. कर्णाली जल परियोजनाको १ करोड ५९ लाख २४ हजार गरेर जम्मा १ करोड ८५ लाख १२ हजार ४ सय लगानीमा २ सय ७२ घरमा एक घर एक धारा निर्माण गरिएको हो । करिब ६ बस्तीका १५ जना नागरिक सुरक्षित खानेपानीको पहुँचबाट लाभान्वित भएका छन् ।
पुस्तौँदेखि गाउँबाट टाढा रहेका खोला,कुवाको पानी खाँदै आएका स्थानीय अहिले सुरक्षित खानेपानीको धारा घर नजिक पाएपछि दंग भएका छन् । घरघरमा धारा निर्माण भएपछि सबैभन्दा सहज गृहिणीहरूलाई भएको छ । त्यो सँगै खानेपानीको सहज पहुँच सँगै सरसफाइको क्षेत्रमा पनि सुधार आउने आशा गरिएको छायानाथ रारा नगरपालिका ४ का धन केशर भामले बताए ।
प्रत्येक घरमा खानेपानीको धारा निर्माण गरेपछि अब सबैले सुरक्षित खानेपानी उपभोग गर्न पाउनेछन् । प्रत्येक घरलाई सुरक्षित खानेपानीको धारा निर्माण भएपछि सुरक्षित खानेपानी युक्त समुदाय निर्माण घोषण गर्ने तयारी समेत भइरहेको हिरिसडेक मुगुका कार्यकारी निर्देशक मीनबहादुर रावलले जानकारी दिए । उनका अनुसार खानेपानीको सहज पहुँच र आयआर्जनमा वृद्धिको लागी स्थानीय सरकारको कार्यक्रममा यु.यस.आई डी. कर्णाली जल परियोजना हिमाली ग्रामणि युवा समाज विकास केन्द्र हिरिष्डेकको मुगुले सहयोग गरेको हो ।
सन २०३० सम्म नेपाल सरकारले सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउने सङ्कल्प गरेको छ । सोही संकल्प लाई सार्थकता तुल्याउन छायानाथ रारा नगरपालिकाले विभिन्न सङ्घ संस्थासँग समन्वय गरी एक घर एक धारा निर्माण अभियान थालेको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले बताए ।
उनका अनुसार छायानाथ रारा नगरपालिका भित्र सुरक्षित खानेपानीको सहज पहुँचका लागि यो वर्ष ६ बस्तीमा आयोजना सञ्चालन भएका छन् । बाँकी आगामी बर्षपनी खानेपानीको सहज पहुँच नभएका बस्ती छनोट गरेर त्यसै अनुसार सहयोगी संस्थाको समन्वयमा नागरिक लाई सुरक्षित खानेपानीको सहज पहुँच पु¥याउने अभियानका साथ एक घर एक धारा निर्माण अभियानलाई निरन्तरता दिइने नगर प्रमुख भामको भनाई छ ।