२०८३ वैशाख ८ , मंगलबार

दैलेखमा खोलाले बगाउँदा एकजनाको मृत्यु



दैलेख । दैलेखमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । नौमुले गाउँपालिका ८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको मृत्यु भएको हो ।

बिहीबार दैलेख बजारबाट घर फर्किने क्रममा बाटोमा पर्ने खोलामा चिप्लिएर लड्दा झिल्के खोलाले बगाउँदा उनको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए ।

नेपाली सेनामा भर्ती भएका कान्छो छोरालाई सदरमुकामसम्म पु¥याएर घर फर्किँदा उक्त घटना भएको जनाइएको छ ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रबार