२०८३ वैशाख ८ , मंगलबार

चिङ्गाड गाउँपालिकाको एक किराना पसलमा आगलागी, १५ लाख बराबरको क्षति



सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका स्थित एक किराना पसलमा आगलागी हुँदा १५ लाख मूल्य बराबरको क्षति भएको छ । शनिवार साँझ करिब ६ः३० बजेको समयमा चिङ्गाड गाउँपालिका ५ अवलचिङ्गका राम बहादुर रानाको खाद्य एवम् किराना पसलमा आगलागी हुँदा १५ लाख मूल्य बराबरको क्षति भएको हो ।

रानाको घरमा ग्याँसको सिलिन्डरबाट ग्याँस लिक हुँदा पसलमा रहेका सरसामानसहित नगद जिन्सी गरी १५ लाख मूल्य बराबरको क्षति भएको चिङ्गाड गाउँपालिकाका ५ का वडा अध्यक्ष लालबहादुर जिसीले जानकारी दिए।

आगो स्थानीय र प्रहरीको सक्रियतामा शनिवार साँझ नै नियन्त्रणमा लिएको सकिएको छ । अध्यक्ष जिसीले आगलागी पीडितहरूका लागि गाउँपालिकामा छिट्टै बैठक बसेर केही सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष जिसीकाअनुसार रानाले २० वर्ष पहिलेदेखि सोही ठाउँमा उक्त पसल सञ्चालन गर्दे आएका थिए ।

May be an image of 1 person and lightingNo photo description available.May be an image of foundry

प्रकाशित मिति : २०८० असार ३१ गते आइतबार