२०८३ वैशाख ८ , मंगलबार

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा



सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गते अर्थात आज सार्वजनिक बिदा दिएको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसर पारेर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

आज प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक सङ्घ संस्थामा बिदा लागू हुने मन्त्रालयका उपसचिव एवम् प्रवक्ता निधि राज न्यौपानेले जानकारी दिए । प्रदेश सरकारको २०७९ चैत्र २९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमबार