२०८३ वैशाख ८ , मंगलबार

भेरी नदीमा बगेर एक बालिका बेपत्ता



रुकुम पश्चिम । रुकुम पश्चिममा भेरी नदीमा बगेर एक बालिका बेपत्ता भएकी छन् । चौरजहारी नगरपालिका–१ नरखोलीका झलक वादीकी १० वर्षीया छोरी महिमा वादी दिउँसो २ बजेको समयमा भेरी नदीमा बगेर बेपत्ता भएकी हुन् ।

१८ वर्षीया दिदी सरिनासँग भेरी नदीमा दाउरा लिन गएकी महिमा नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । महिमा दिउँसो २ बजेतिर उनी नदीमा बेपत्ता भएको भन्दै प्रहरीले बालिकाको खोजी कार्य भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमबार