सुर्खेत । सुर्खेतको भेरीगंगामा लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । भेरीगंगा नगरपालिका– ५ स्थित बबई चेक पोष्ट अगाडीबाट वीरेन्द्रनगर नगरपालिका –२ बस्ने वर्ष ३० का दिपेन्द्र रोकाय र वीरेन्द्रनगर ७ बस्ने वर्ष ३० वर्षका दिपक गौली पक्राउ परेका हुन् ।
अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतबाट खटिएको ४ जनाको प्रहरी टोलिले चेकजाच गर्ने क्रममा उनीहरुबाट शुद्ध तौल १ ग्राम ४२० मिलि ग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको हो । साथै दुबैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० साउन १ गते सोमबार