२०८३ वैशाख ८ , मंगलबार

बोटेचौरमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला



अम्मर राजवंशी, गुर्भाकोट। सुर्खेतको गुर्भाकोटमा एक जना महिलाको बेवारिसे अवस्थामा शव फेला परेको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर ९ को तल्लो बोटेचौर भेरी नदीमा आज बिहान अन्दाजी ६० वर्षको अपरिचित महिलाको बेवारिसे शव फेला परेको हो ।

उक्त शव स्थानीयहरूले देखेपछि स्थायी प्रहरी चौकी बोटेचौरलाई खबर गरेका थिए । खबर गर्न साथ प्रहरी टोली उक्त ठाउँमा पुगेको थियो । प्रहरीका अनुसार शवको हालसम्म पनि पहिचान हुन सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन २ गते मंगलबार