२०८३ वैशाख ८ , मंगलबार

मुगुका स्थानीयले सडक हिलाम्मे भयो भन्दै सडकमै रोपे धान



रबि हमाल, मुगु । नाग्म–गमगढी सडक अन्तर्गत पर्ने मुगुको सदरमुकाम गमगढीको न्यूरोड सडक हिलाम्मे हुँदा नागरिकलाई आवतजावतमा समस्या भएको छ । विकास श्रेया जेभि कन्ट्रक्सन प्रा.लि.ले सडकको बिकास निर्माणकार्यको जिम्मा पाएपनि समयमै काम गर्न नसक्दा यो सडक बर्षातमा हिलो हिउँदमा धुलाम्य हुने गरेको हो ।

पटक–पटक सडक निर्माणको काम सम्पन्न गर्न ताकेता गर्दा पनि सम्बन्धित निकायले चाँसो नदिएपछि र बर्षातले सडक नै हिलाम्मे भएपछी स्थानीयले विरोधस्वरुप सडकमै धान समेत रोपेका छन् । सडकनै हिलाम्मे भएपछी यातायात तथा नागरिकलाइ आवतजावतमा सास्ती खेप्न परिरहेको छ ।

सडक डिभिजन कार्यालय जुम्लामार्फत ९ करोड ६० लाख २४ हजार ९ सय ५४ रुपैयाँमा गमगढी बजार न्युरोड सडकको नालासहित स्तरोन्नतीका लागि २०७८ मंसिरमा विकासश्रेया जेभिलाई निर्माणको जिम्मा दिइएको थियो ।

कम्पनीले पहिलो वर्ष कामै गरेको थिएन, भने हाल म्याद थपेर काम गरिरहेको छ । हरेक बर्ष सडक डिभिजन कार्यालय जुम्लाले सडक निमार्णमा करोडौं बजेट विनियोजत गर्ने गरेको छ । करोडौं लगानी हुँदा पनि सडकको अवस्था भने जस्ताको त्यस्तै रहको छ ।

No description available.No description available.

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रबार