रवि लामिछानेसँग पराजित पाण्डेको नेतृत्वमा हुम्लामा रास्वपाकै सम्पर्क कार्यालय स्थापना

खबरदृष्टि सम्वाददाता ५ श्रावण २०८०, शुक्रबार १३:०२

मोहनसिङ बुढा, हुम्ला । हुम्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सम्पर्क कार्यालय स्थापनामा तीव्र पारिरहेको बेला हुम्लामा पनि सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

बिहीबार एक कार्यक्रमका बिच अदानचुली खबरदारी अभियानको नेतृत्व गरिरहेका महेन्द्र पाण्डेको नेतृत्वमा पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको जिल्ला सदस्य गणेश पाण्डेले जानकारी दिए । उनकाअनुसार समग्र हुम्ला जिल्लाको सम्पर्क कार्यालय जिल्लाको अदानचुली गाउँपालिकामा स्थापना गरिएको हो ।

उनले पार्टीले सबै ठाउँमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरिरहेको बेला आफूले हुम्लाको नेतृत्व समालेकाले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी दिए । अदानचुली गाउँपालिका वडा नम्बर ३ भित्र पर्ने श्रीनगर स्थित हाई स्कुल भन्ने ठाउँमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरिएको उनले बताए ।

रास्वपाले जिल्ला निर्वाचन कार्यालय हुम्लामा अहिलेसम्म पनि आफ्नो दल दर्ता गरेको छैन । तर, पनि अदानचुलीबाट सम्पर्क कार्यालयको स्थापनाको सुरुवात गरी सबै पालिकामा पार्टीको कार्यालय स्थापना पछि जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गर्ने उनको भनाई छ ।

अहिले नेतृत्व गरी स्थापनामा जोड दिएका पाण्डे चितवन क्षेत्र नम्बर २ को उप निर्वाचनमा रास्वपा पार्टी सभापति लामिछानेसँग पराजित भएका थिए । उनले राष्ट्रिय जनमुक्ति पार्टीबाट टिकट लिए पनि अहिले रास्वपा हुम्लाको नेतृत्व गरी पार्टीको सम्पर्क कार्यालय स्थापना गरेका हुन् ।

Next Post

चट्याङ लागेर रोल्पामा वडा सदस्यको मृत्यु

५ श्रावण २०८०, शुक्रबार १३:०२
रोल्पा । रोल्पामा चट्याङ लागेर एक जना वडा सदस्यको मृत्यु भएको छ । आफ्नो कान्छो भाईको घरमा सुतेको बेला चट्याङ लागेर सुनछहरी गाउँपालिका वडा नं. ३ का दिलबहादुर घर्तीमगर मृत्यु भएको हो । यस्तै चट्याङमै अर्को घटनामा थप २ जना घाइते भएका छन् । सुनछहरी गाउँपालिका वडा नं. २ मा […]
June 2024
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
24252627282930