दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर –३ को पानिखोलामा रहेको पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । बिहीबार साँझ ६ बजेको समयमा उनिहरूको पोखरीमा डुबेर मृत्युु भएको हो ।
मृत्यु हुनेमा डुबेर ८ वर्षीय बिपना खप्तडी मगर र ५ वर्षीय सपना खप्तडी मगर रहेकी छन् । हाल उनिहरूको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रबार