मोहनसिङ बुढा, हुम्ला । हुम्लाको दक्षिणी भेग क्षेत्रको ताँजाकोट गाउँपालिका वडा नम्वर-१ की एक जना महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार सोही ठाउँकी २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताँजाकोट गाउँपालिका वडा नम्वर-२ का ३६ वर्षीय पुनिमल लुहारलाई पक्राउ गरेको हो ।
साउन ४ गते ताँजाकोट गाउँपालिका–१ जिउछा स्थित भेडी गोठमा बलात्कार गरेको आरोपमा प्रहरीले लुवारलाई नियन्त्रणमा लिएको र उनलाई जिल्ला सदरमुकाम सिमकोट तर्फ ल्याउँदै गरेको बताइएको छ । प्रहरीका अनुसार पीडितको स्वास्थ्य परिक्षण जिल्ला अस्पताल हुम्लामा हुने भएको छ । सदरमुकाम सिमकोट पुग्न करीव तीन दिन लाग्ने गर्दछ ।
प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रबार