२०८३ वैशाख ८ , मंगलबार

मदिरा सेवन गरी लेखापाललाई कुटपिट गर्ने तीन जना पक्राउ



मोहनसिङ बुढा, हुम्ला । मदिरा सेवन गरेर हुम्लाको नाम्खा गाउँपालिकाका लेखापाललाई कुटपिट गर्ने तीनजना प्रकाउ परेका छन् । शुक्रवार सदरमुकाम सिमकोटमा रहेको पालिकाको सम्पर्क कार्यालयमा गएर लेखापाल अश्विनकुमार देवकोटालाई हातपात गरेको र कार्यालयको फाइलहरु फाल्दिएको भन्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले तिन जनालाई प्रकाउ गरेको हो ।

मदिरा सेवन गरी सम्पर्क कार्यालयमा गई गाली गरि लेखापाल देवकोटालाई कुटपिट गरेको प्रहरी नायव उपरीक्षक भट्टाराइले बताए ।प्रकाउ गर्नेमा सिमिकोट गाउँपालिकाका २९ वर्षीय नुर्बु लामा, ३० वर्षीय दोर्जे लामा र ३० वर्षीय निमा लामालाई प्रहरीले प्रकाउ गरेको हुम्लाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराइले जानकारी दिए ।

लेखापाल देवकोटा सामान्य रहेको उपरीक्षक भट्टराइले जानकारी दिए । घटनाबारे थप अनुसन्धान गर्न कुटपिट गर्नेलाइ थप अनुसन्धान गरि कारवाही प्रकृया अघि बढाउन पक्राउ गरिएको बताए ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रबार