२०८३ वैशाख ८ , मंगलबार

अज्ञात समुहद्वारा जुम्लाको गुठीचौरका ६ वटा घर र एक ट्याक्टरमा आगजनी



फाइल तस्बिर

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाका वडा नम्बर-४ मा विभिन्न ६ वटा घरहरुमा आगजनी गरिएको छ । उक्त घरहरु अज्ञात समूहले आगजनी गरेको हो । विभिन्न गाउँका गरि ६ वटा घरहरुमा आगजनी गरेको प्रहरी चौकी झारज्वाला जुम्लाका प्रहरी नायव निरीक्षक जगत बहादुर ऐरले जानकारी दिए ।

उनकाअनुसार धवलपुर गाउँका प्रेमप्रसाद न्यौपाने र खडान्द पाण्डेको घर, बाउली गाउँमा कविदत्त न्यौपानेको घर, खल्लाबडामा कविदत्त न्यौपानेको घर, खल्लाबडामा लालचन्द्र सार्कीको घर र बिगारे गाउँमा भिम प्रसाद जैशीको घरमा अज्ञात समूहले आगजनी गरेको हो । सबैभन्दा धेरै डाँडाबाडाका कविदत्त न्यौपानेको घरमा क्षति भएको छ ।

उनले एक घर पुर्णरुपमा जलेको र अन्य ५ घरमा भने केही क्षति भएको बताए । उनकाअनुसार आगो न्युन वर्गदेखि मध्यम वर्ग घरमा लगाइएकोले आगो कसले र के कारणले ग¥यो भन्ने बारेमा हालसम्म खुल्न सकेको छैन् ।

‘अज्ञात समुहले गरिब (न्युन वर्ग) का घरमा देखि अलि धनी (मध्यम वर्ग) का घरमा समेत आगो लगाएकाले अहिले नै केही भन्न सकिने अवस्था छैन्’ उनले भने ‘यहाँका स्थानीयले पनि अहिलेसम्म केही भन्नु भएको छैन्,’ यस्तै गुठिचौर गाउँपालिकाको–५ मा पर्ने धितागाउँमा पनि पार्किङ गरि राखेको ट्याक्टरमा समेत आगो लगाइएको छ ।

रारातेन्जिङ कन्ट्रक्सन प्रालिको लु ५ त १२४४ नम्बर ट्याक्टरमा आगजनी गरिएको प्रहरीले जनाएको छ । अज्ञात समुहले आगो गएराति साढे ११ बजे लगाएको र आगो प्रहरी र स्थानियको सहयोगमा बिहान ३ बजे नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिबार