२०८३ वैशाख ८ , मंगलबार

दैलेख रोड चोकमा पिक अप भ्यान र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते



सुर्खेत । वीरेन्द्रनगरमा पिक अप भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका-१० दैलेख रोड चोकमा बिहान ९ः२५ बजेको समयमा पिक अप भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा उनीहरू घाइते भएका हुन् ।

उमा पेट्रोल पम्पबाट पेट्रोल हालेर एयरपोर्ट तर्फ जाँदै गरेको प्रदेश १ ०२००२ च ५१७१ नम्बरको भ्यान र एयरपोर्टबाट मंगलगढी तर्फ आउँदै गरेको भे ४ प ३१८३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी हवलदार सुरज शाहीले खबरदृष्टिलाई जानकारी दिए ।

उनकाअनुसार घाइते भएका दुई जनाको पहिचान खुल्न नसकेको र उनीहरूको कर्णाली केयरमा उपचार भइरहेको छ । उनीहरू बोल्न सक्ने अवस्थामा नभएको प्रहरीको भनाइ छ । भ्यान चालक धादिङ घर भई हाल वीरेन्द्रनगर-६ बस्ने सुन्दर शाक्य प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिबार