२०८३ वैशाख ८ , मंगलबार

घरमा आगो लगाएको आशङ्कामा दश जना पक्राउ



जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको विभिन्न ठाउँका ७ वटा घरमा आगो लगाएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । शुक्रबार राति ११ बजे देखि ३ बजेसम्मको अन्तरालमा ति घरमा आगलागी भएको थियो ।

यो पनि हेर्नुहोस् – अज्ञात समुहद्वारा जुम्लाको गुठीचौरका ६ वटा घर र एक ट्याक्टरमा आगजनी

जिल्ला प्रहरी कार्यालय जुम्लाले शंकास्पद दश जना नियन्त्रमा लिएर अनुसन्धान थालिएको जनाएको छ । जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले उनीहरु संलग्न रहेको आशंकामा पक्राउ गरिएको र अनुसन्धान जारी रहेको बताए ।

गएराती धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक,माथिल्लो देहारजिबुरमा एक, खल्ला वडामा एक गरी सात घरमा आगो लगाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिबार