२०८३ वैशाख ८ , मंगलबार

पशुपन्छी विकास निर्देशनालयको २ दिने गोष्ठी सम्पन्न

लम्पी स्किन रोगको उपचार गर्न केन्द्र सरकारको मुख नताक्नु: मन्त्री शर्मा 


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आइतबारबाट सुरु भएको दुई दिने वार्षिक प्रगति समीक्षा गोष्ठी तथा प्रदेशस्तरीय ईपिडिमियोलोजी रिपोर्टिङ कार्यक्रम सम्पन्न भएको छ । पशुपन्छी विकास निर्देशनालयको आयोजनामा निर्देशनालयका निर्देशक कृष्णप्रसाद पंगेनीको अध्यक्षता र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त समीक्षा गोष्ठी सोमवार सम्पन्न भएको हो ।

गोष्ठीको दोस्रो दिन पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक डा.विकास श्रेष्ठ, डा. जितेन्द्र श्रेष्ठ, लक्ष्मीनारायण दाश, प्रतिभा श्रेष्ठ र पशुपन्छी विकास निर्देशनालय सुर्खेतकी डा. सोविना मल्लले डिपिडिमियोलोजी र यसको रिर्पाेटिङ, फर्मेट र एलएसडिको रोकथाम र प्राविधिक जानकारी, सिमराविहीन रोगहरू बारे जानकारी, कर्णाली प्रदेशमा इपिडिमियोलोजिकल रोगहरूको अवस्था, पशुहरूमा भ्याक्सिनेसन र नमुना सङ्कलन प्रविधि र कर्णाली प्रदेशको वार्षिक इपिडिमियोलोजिकल रिर्पाेटिङ प्रस्तुत गरेका थिए ।

निर्देशनालय सुर्खेतकी डा. मल्लले इपिडिमियोलोजिकलको रिपोटिङमा देखिएका विभिन्न समस्या र यसको महत्वबारे प्रष्ट पारेकी थिइन् । उनले जिल्लाबाट समयमै रिर्पाेटहरु नआउनु, आएको रिर्पाेट पनि फरक–फरक भएको र देशमा बनेको नयाँ संरचना अनुसार स्थानीय तहको प्रदेशसँग र प्रदेशको स्थानीय जस्तै संघसँग समन्वय नहुँदा पनि इपिडिमियोलोजिकलको रिर्पाेटिङमा समस्या भएको बताइन् ।

उनले निश्चित समय र स्थानमा पशुपन्छीहरूमा देखिएको महामारीजन्य तथा अन्य विशिष्टीकृत तथा अविशिष्टीकृत रोगहरूको बारेमा जानकारी दिन सजिलो हुने, रोग नियन्त्रण रोकथाम तथा पशुपन्छी स्वास्थ्य सम्बन्धी आवश्यक निर्णय लिन सम्बन्धित निकायलाई सहज हुनेभएकोले इपिडिमियोलोजिकलको रिर्पाेट अनिवार्य भएको बताइन् । यस्तै, डा.विकास श्रेष्ठले लम्पी स्किन रोगको उपचार अन्य प्रदेशमा भन्दा कर्णालीमा धेरै भएको बताए ।

उनले लम्पी स्किन रोगको मृत्युदर सबैभन्दा कम सुर्खेतमा रहेको पनि जानकारी दिए । कृषि मन्त्री शर्माले देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगबारे सङ्घीय सरकारको पछि नलागी सबै आ–आफ्नो ठाउँबाट अग्रसर हुन निर्देशन दिए। उनले सबै आ–आफ्नो ठाउँबाट अग्रसर भएमा लम्पी स्किन रोग नियन्त्रण हुनसक्ने आफूले विश्वास लिएकोसमेत बताए ।

‘तपाई सङ्घीय सरकारले के ग¥यो त्यो पछि नलाग्नुस्, बरु आफूले के सकिन्छ, त्यो गर्नु। प्रदेशले यस्तो सङ्घीयले यस्तो ग¥यो यसबारे केही पनि नसोच्नु,’  उनले कार्यक्रमका सहभागी कर्मचारीहरूलाई भने । साथै, उनले कर्मचारी र किसानलाई कुनै पनि तालिम जेठ भन्दा पछि नगर्न समेत निर्देशन दिएका छन् ।

‘कुनै पनि तालिम जेठसम्म गरिसक्नुपर्छ, जेठ भन्दा पछि कुनै पनि कार्यक्रम गर्नुहुन्न,’ उनले भने, ’अहिले जताततै लम्पी स्किन रोग महामारीका रूपमा फैलिएको छ, यसलाई तपाई नियन्त्रण गर्न सक्नुहुन्छ, कि सक्नुहुन्न यसको निष्कर्ष दिनुहोला।’ यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव नरहरिप्रसाद घिमिरेले समीक्षा गोष्ठीमा पेस भएका प्रतिवेदनहरूमाथि देखिएका कमी कमजोरीहरूलाई सच्याएर काम गर्न अनुरोध गरे ।

 आठ जिल्लालाई मेसिनरी सामान हस्तान्तरण 

निर्देशनालयले पहिलो चरणमा कर्णालीका सात जिल्लालाई विभिन्न मेसिनरी सामान वितरण गरेको छ । पहिलो चरणमा जुम्ला, सल्यान, कालिकोट, दैलेख, मुगु, सुर्खेत, जाजरकोट, र रुकुम पश्चिममा रेफ्रिजेनेटर, माइक्रो स्कोप, काउलिफ्ट मेसिन हस्तान्तरण गरिएको हो । निर्देशनालयले प्रत्येक जिल्लामा भ्याट सहित ३ लाख ५५ हजार ९ सय ५० रकम बराबरको सामान वितरण गरेको निर्देशनालयका निर्देशक पङ्गेनीले जानकारी दिए ।

उनले हाल डोल्पा र हुम्लामा प्राविधिक समस्या भएकाले सामाग्री केही समयमा पछि वितरण गरिने बताए । सामाग्री मन्त्री शर्मा र सचिव डा. घिमिरेले हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले हस्तान्तरण गरेका सामानको सही सदुपयोग गर्न निर्देशनसमेत दिएका छन् ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.
प्रकाशित मिति : २०८० साउन ८ गते सोमबार