
सुर्खेत । सुर्खेतमा बेवारिसे भरुवा बन्दुक फेला परेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ गोठिकाँडा नजिक भैरब सामुदायिक वनमा लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो ।
वनका वनपाले टिकाराम आचार्यले टेलिफोन मार्फत अस्थायी प्रहरी बिट सहिद पार्कमा जानकारी गराइ पश्चात् उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले दुइ थान भरुवा बन्दुक बरामद गरेको छ ।
हाल उक्त बन्दूक जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८० साउन ११ गते बिहीबार