२०८३ वैशाख ८ , मंगलबार

मिनीट्रक दुर्घटनामा घाइते भएका पाँच जनालाई सुर्खेत ल्याइयो



कालीकोट । कालीकोटमा मिनीट्रक दुर्घटना हुँदा घाइते भएकामध्ये पाँच जनालाई प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । पलाता गाउँपालिका–२ सैनमा बिहीवार बेलुका दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई आज हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको हो । पलाता–९ थिर्पूबाट धौलागोहको राडुनेटातर्फ बालुवा लिएर जाँदै गरेको कर्णाली प्रदेश ००१ क ०१६२ नम्बरको मिनीट्रक सैनको उकालोको मोडमा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालका अनुसार दुर्घटनामा घाइते हुनेमा धेरैजसो महिला र बालबालिका रहेका छन् । उनकाअनुसार सामान्य घाइते भएका तीन जनालाई पनि गाडीमार्फत सुर्खेत ल्याइएको छ । पलाँता अस्पतालबाट रिफर गरिएका घाइतेलाई पलाता गाउँपालिकाले खर्च बेर्होने गरी हेलिकप्टरमार्फत थप उपचारका लागि प्रदेश अस्पताल लगिएको गाउँपालिका अध्यक्ष विष्णु रोकायाले बताए ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रबार