जाजरकोट । जाजरकोटमा भीरबाट लडेर एक युवाकोे मृत्यु भएको छ । नलगाड नगरपालिका–१ चीउरीमा घाँस काट्ने क्रममा स्थानीय कोदे भीरबाट लडेर पूर्व माओवादी जनमुक्ती सेना ३७ वर्षीय हरिश विकको मृत्यु भएको हो ।
वडाध्यक्ष धर्मेन्द्र महरले शुक्रबार बिहान नजिकैको भिरमा घाँस काट्ने क्रममा लडेर उनको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । स्वास्थ्य केन्द्र दल्लीमा मृतकको शुक्रबार पोष्टमार्टम गरिएको र आज दाहसंस्कार गरिने वडा अध्यक्ष महरले बताए ।
प्रकाशित मिति : २०८० साउन १३ गते शनिबार