२०८३ वैशाख ८ , मंगलबार

धुलियाविट–भेडाबारी सडकका रुख काट्न डिभिजन वन कार्यालय सुर्खेतको अनुमति



सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतले धुलियाविट–भेडाबारी सडकका एक हजार रुख काट्न अनुमति दिएको छ । कार्यालयले धुलियाविट–भेडाबारी सडक खण्डमा पर्ने रूख काट्न स्वीकृति दिएको हो । रुख कटानको काम ठप्प हुँदा सडक निर्माण अघि बढ्न सकेको थिएन् । रूख कटानको अनुमति नपाउँदा ३५ किलोमिटर सडक निर्माणमा अवरोध भएको थियो ।

कटान अनुमति नपाए पनि सडक क्षेत्रका रूखमा चिनो लगाउन काम भने यसअघि नै सुरु गरिएको थियो । चिनो लगाउन थालिएको लामो समयपछि कटानका लागि स्वीकृति पाएको हो । एक हजार एक सय १४ वटा रूख कटानका लागि राजमार्गले वनसँग स्वीकृति मागेको थियो । तर स्थलगत अनुगमनपछि कटान गर्नुपर्ने रूखको संख्या घटाइएको छ । अनुगमनबाट एक हजार एक सय तीन वटा रूख मात्र काट्नुपर्ने देखिएको वन कार्यालयले जनाएको छ ।

धुलियाविट–भेडाबारी सडक खण्डअन्तरगर्त १८ किलोमिटर वनक्षेत्र पर्दछ । हालसम्म सात किलोमिटर क्षेत्रभित्रका रूखमा चिनो लगाइएको छ । रुख काट्ने अनुमति पाएसँगै अब सडकको स्तरोन्नतिको काम तीव्र गतिमा हुने मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर रामसागर हरिजनले जानकारी दिए ।

प्रकाशित मिति : २०८० साउन १५ गते सोमबार