२०८३ वैशाख ८ , मंगलबार

शिवालय गाउँपालिका–५ को वडा कार्यालयमा तालाबन्दी



जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका–५ को वडा कार्यालयमा अनिश्चितकालिनको लागि तालाबन्दी गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयले जाजरकोटले बाख्रा खोर व्यवस्थापनको लागि विनियोजन गरेको बजेट निकासा गरेर उपभोक्ता समिति र वडाध्यक्षले हिनामिना गरेको आरोपमा वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।

 

असार २० गते उपभोक्ता समितिका अध्यक्ष दीपक खत्रीले ८ लाख ८१ हजार ९७७ रुपैयाँ निकासा गरेर घरमा २ लाख ५० हजार रकम छोडेर सम्पर्क विहीन भएका थिए । उनी सम्पर्क विहीन भएपछि १३ गते वडा अध्यक्ष एवम् समितिका अध्यक्ष गोपाले दमाई र कोषाध्यक्ष लक्ष्मी केसीले साउन २० मा पैसा दिने भनी दोहरो कागज गरेका थिए ।

 

तर, वडाध्यक्ष दमाईले बेलाबेलामा जनता भेला गराई विभिन्न बहाना बनाएको र वडा अध्यक्ष नै समितिको सचिव भएको हुँदा वडा कार्यालयमा तालाबन्दी गरिएको नेपाली काँग्रेस शिवालय गाउँपालिकाका पार्टी सचिव कृष्ण शाहीले खबरदृष्टिलाई जानकारी दिए । उनकाअनुसार वडाध्यक्ष दमाईले रकम उपलब्ध गराउँछु भनी कागज गरेको भए पनि अन्तिममा आएर जनतालाई रकम उपलब्ध नगराएको हुनाले तालाबन्दी गरिएको हो ।

 

शाहीले आफूहरूले पीडितको नेतृत्व गरी सत्य तथ्य छानबिन नहुने बेलासम्मको लागि वडामा तालाबन्दी गरेको बताए । दमाई ले केही दिनअघि समितिका अध्यक्ष खत्रीले २ लाख ५० हजार रकम मात्रै घरमा छोडेको बताएका थिए । तर, आज भने दमाईले ४ लाख ५० हजार रकम घरमा छोडेको बताएका छन् ।

 

एक स्थानीयकाअनुसार वडा अध्यक्षले नै रकम हिनामिना गरेको जस्तो देखिएको छ । ‘अस्ति २ लाख ५० हजार मात्रै पैसा छ भन्नुहुन्थ्यो, आज फेरी ४ लाख ५० हजार छ भन्नुभएको छ,’ एक स्थानीयले भने, ‘सायद उहाँसँग ६ लाख सम्म रकम छ कि जस्तो हामीले अनुमान गरेको छौँ ।’

 

उहाँले म सँग यति रकम छ केही भन्नु भएको छैन । वडा कार्यालयमा तालाबन्दी गरिएको छ,’समितिका अध्यक्ष खत्री भारतमा भएको र उनले गाउँमा केही समयसम्म नआउने भनेको स्थानीयहरूले खबरदृष्टिलाई बताएका छन् ।

यसअघिका अघिका समाचार पनि हेर्नुहोस् ।

थालारैकरमा एक उपभोक्ता समितिका अध्यक्ष लाखौँ रकम लिएर फरार

फरार अध्यक्षको बचाउमा समिति, समाचारपछि समिति पैसा तिर्न सहमत

प्रकाशित मिति : २०८० साउन १७ गते बुधबार