काठमाडौँ । अभिनेत्री पूजा शर्माले रेस्टुरेन्ट सञ्चालनमा ल्याउने भएकी छन् । उनले प्रेमी युद्ध बानियासँगको सहकार्यमा ललितपुरको झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालनमा ल्याउन लागेकी हुन् ।
शुक्रबारबाट सञ्चालनमा आउने रेस्टुरेन्टको नाम ‘ट्याग स्पोर्ट लन्च एण्ड बार’ राखिएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको स्वाद उनको रेस्टुरेन्टमा लिन सकिन्छ ।
‘रेस्टुरेन्टको ओपनिङ कार्यक्रम भदौमा गर्ने र कमाई भएको रकम फिल्ममा लगानी गर्ने उनको भननाई छ । आगामी दिनमा व्यवसाय र रेस्टुरेन्ट सँगसँगै लैजाने योजना रहेको पूजाले जानकारी दिएन् ।
प्रकाशित मिति : २०८० साउन १७ गते बुधबार