२०८३ वैशाख ८ , मंगलबार

वीरेन्द्रनगरको रंगशालाबाट लागूऔषध सहित एक जना पक्राउ



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लागु औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–२ बस्ने वर्ष २४ का तिर्थ रावत रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ४ जनाको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–८ रंगशाला नजिकैबाट पक्राउ गरेको हो ।

प्रहरीले उनलाई शंका लागि चेकजाचँ गर्दा उनको साथबाट नापतौल नगरेको १८ पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको छ ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहीबार