
सुर्खेत । सुर्खेतको बराहतालमा सामुदायिक वन अतिक्रमण गरी बनाइएका २१ घर संरचना भत्काइएको छ । बराहताल गाउँपालिका–८ र ५ को बीचमा पर्ने कालिका सामुदायिक वन क्षेत्रमा बनेका घर टहरा डिभिजन वन कार्यालय भेरी बाबियाचौरका निमित्त डिभिजनल वन अधिकृत शेर बहादुर रोकायाको नेतृत्वमा भत्काइएको हो ।
करिब ५ हेक्टर वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका २१ घरटहरा, छाप्रा हटाइ नस्ट गरिएको डिभिजन वन कार्यालय भेरी बाबियाचौरका निमित्त अधिकृत रोकायले जानकारी दिए । २०७९ असोजमा आएको बाढीले चेपाङ्ग बस्तीका १४ घरमा क्षति पु¥याएको थियो । बाढी पीडितहरु भट्टेघारी स्थित वन क्षेत्रमा आई टेन्ट हालेर बसेका थिए ।
तर, सकुम्बासीका नाममा अन्य व्यक्तिले समेत वन फडानी गरी टहरा बनाएका थिए । सामुदायिक वन उपभोक्ता समितिले भने आगजनी गरिएका घर, टहरा भएका व्यक्तिहरुले अनुमति बिनानै अतिक्रमण गरी बसेको बताएको छ । प्रहरी चौकी बाबियाचौरका प्रमुख डिलिप बस्नेतले जंगल ओगटेर बसेकाहरुको घर, टहरा जलाइएको जाकारी दिए ।


