२०८३ वैशाख ८ , मंगलबार

जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु 



जाजरकोट । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका–४ सार्कीगाउँका तुले सार्की रहेका छन् ।

बिहीबार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा उनको मृत्यु भएको र उनकी आमा दिल्ली सार्की सिकिस्त बिरामी भएको बारेकोट गाउँपालिका–४ का वडाध्यक्ष विष्णु रावतले जानकारी दिए । उनकाअनुसार तुलेकी आमा दिल्लीको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रबार