२०८३ वैशाख ८ , मंगलबार

वीरेन्द्रनगरको भैरवस्थानबाट १२ तोला सुन चोरी



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर –४ भैरवस्थान पिपल चौतारा टोलमा बस्ने शंकरप्रसाद रिजालको घरमा चोरी भएको छ । बिहीवार दिउँसो घरमा कोही नभएको मौका छोपि उनको घरबाट १२ तोला सुन चोरी भएको हो ।

आफु घरभन्दा बाहिर भएको र घरमा कोही नभएको मौका पारेर आएका चोरहरुले घरका ढोका तोडफोड गरी दिउँसो १२ बजेदेखि दिउँसो ३ बजेको अवधिमा सुन चोरी गरेको घरमुली रिजालले खबरदृष्टिलाई जानकारी दिए ।

उनकाअनुसार रानीहार १, मिनिहार १, बाला २, औठी २, मागटिका १, चन्द्रमा १, झुम्का २ र पाउजु १ जोर गरी करिब १२ लाख बराबरका गरगहना चोरी भएका छन् । रिजालले गरगहना चोरी भएको बारे प्रहरीलाई जानकारी दिएको बताए पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने गरगहना चोरी भएको भन्नेबारे आफुहरुलाई कुनै पनि जानकारी नआएको बताएको छ ।

यता, सुनचाँदी व्यवसायी महासंघ सुर्खेतले भने लाखौँ रकम बराबरको गरगहना चोरी भएकाले चोरहरु बिल विना कुनैपनि पसलमा बिक्री गर्न आएमा रिजाल वा प्रहरीलाई खबर गरिदिन आग्रह गरेको छ ।

No description available.

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रबार