
सुर्खेत । वीरेन्द्रनगरको एयरपोर्ट नजिकैमा एउटै बसले दुईवटा कारलाई ठक्कर दिएको छ । वीरेन्द्रनगर–१२ औद्योगिक क्षेत्र नजिकै रहेको होटल थकाली अगाडी पार्किङ गरेका कारलाई बसले ठक्कर दिएको हो ।
एयरपोर्ट चोकबाट कालुञ्चोकतर्फ आउँदै गरेको ना ७ ख ५२५८ नम्बरको बसले बागमती प्रदेश ०१०२८ च ३५४१ र कर्णाली प्रदेश ००१ च ०६७५ नम्बरको कारलाई ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख देवेन्द्रसिँह बुढाथोकीले जानकारी दिए ।
बसको ठक्करबाट कारमा क्षती पुगेको छ । बसले रोकिराखेका कारलाई ठक्कर दिएको र कारमा क्षती पुगेको प्रहरीको भनाई छ । यस्तै बसमा समेत केही क्षति भएको छ ।
तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बसका चालकलाई भने कालुञ्चोक नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रबार