२०८३ वैशाख ८ , मंगलबार

वडा कार्यालयमा लगाएको ताला पाँच दिनपछि खुल्यो

अध्यक्ष खत्रीले गरे ८ लाख रकम निकासा गरेको स्वीकार


जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका–५ थालारैकरको वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ । थालारैकर बाख्रा खोर व्यवस्थापनको लागि प्रदेश सरकार अन्तरगत पशु अस्पताल तथा पशु सेवा कार्यालयको रकम वडाअध्यक्ष एवम् समितिका पदाधिकारीले हिनामिना गरेको भन्दै गत साउन १७ गते वडा कार्यालयमा ताला लगाएको थियो ।

उक्त ताला आइतवार वडा सदस्य, प्रहरी स्थानीय र केही विपक्षी दलका नेताहरुको रोहवरमा खुलाएको हो । शनिवार गाउँपालिकामा गएर समितिका सचिव एवम् वडा अध्यक्ष गोपाले दमाई नेपाल प्रहरी, वडा सदस्य र गाउँपालिकाकी उपाध्यक्ष एवम् न्यायीक समिति अध्यक्ष गीता शाही बसेर छलफल गरेपछि वडा कार्यालयको ताला खुलाइएको वडा सदस्य गौरु शाहीले जानकारी दिए ।

उनले वडा अध्यक्ष दमाईले ४८ जनाको नाममा आएको रकम ८ लाख ७१ हजार ९सय ७७ रुपैयाँ आफुलाई दिएकाले वडाको ताला खुलाइएको बताए । उनले ५ लाख नगद र ३ लाख ८१ हजारको चेक दिएको जानकारी दिए । वडाअध्यक्षले आफु समितिको सचिव भएकाले ऋण लिएरै भएपनि उक्त रकम दिएको बताएका छन् । यसअघि समितिका अध्यक्ष दीपक खत्री ८ लाख ८१ हजार ९ सय ७७ रुपैयाँ निकासा गरी २ लाख ५० हजार रकम घरमा छोडेर सम्पर्क विहिन भएका थिए ।

उनी सम्पर्क विहिनभएपछि समितिका सचिव दमाईले पैसा दिने भनि दोहोरो कागज समेत गरेका थिए । कागज गर्दा पनि दमाईले रकम वाढ्नमा आनाकानी गरेपछि कार्यालयमा तालाबन्दी गरीएको नेपाली कांग्रेस शिवालय गाउँपालिकाका पार्टी सचिव कृष्ण शाहीले बताएका थिए । यता, अध्यक्ष दमाईले भने १७ गते पैसा वाढ्न लाग्दा आफुलाई बाढ्न नदिएको बताएका थिए ।

साथै उनले आफुलाई घेराबन्दीमा राखेको समेत बताएका थिए । शनिवार गाउँपालिकामा सबैको रोहवरमा वडाअध्यक्षले वडा सदस्य शाहीलाई केही रकम नगद र केही रकम चेक मार्फत दिएका छन् । उक्त रकम निकासा गरी खोर बनाएकालाई तत्काल दिने र नबनाएकालाई बनाउन लगाएर दिने सहमति भएको छ ।

यता, समितिका अध्यक्ष खत्रीले भने पैसा लिएर सम्पर्क विहिन भएको कुरा गलत भएको बताएका छन् । उनले ८ लाख ८१ हजार रकम बैँकबाट निकासा गरेको स्वीकार गरेका छन् । साथै उनले आफुले पैसा लिए नलिएको बारे तत्कालै केही पनि जानकारी नदिने बताए । उनले एक दुई दिनमा सबै कुरा प्रष्ट पार्ने बताएका छन् । यही विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा निकै चर्चा भएको छ ।

यसअघिका समाचार हेनुहोस् । 

शिवालय गाउँपालिका–५ को वडा कार्यालयमा तालाबन्दी

फरार अध्यक्षको बचाउमा समिति, समाचारपछि समिति पैसा तिर्न सहमत

थालारैकरमा एक उपभोक्ता समितिका अध्यक्ष लाखौँ रकम लिएर फरार

प्रकाशित मिति : २०८० साउन २१ गते आइतबार