सुर्खेत । सुर्खेतको भेरीगंगाबाट प्रहरीले अबैध सामान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ४ जनाको प्रहरी टोलिले आइतवार भेरीगंगा नगरपालिका–१० टोलिखोलाबाट अवैध सामान बरामद गरेको हो ।
नेपालगंजबाट छिन्चु तर्फ आउँदै गरेको बा १६ च २१२० नम्बरको कारलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको कुर्ता सुरुवाल २ सय ४७ पिस, धोती ३६ पिस, तन्ना ८ पिस र थानको लुङ्गी ५ रोल सामान बरामद गरीएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । बरामद गरिएको कपडाहरु ईलाका प्रहरीको नियन्त्रणमा राखिएको छ ।
प्रकाशित मिति : २०८० साउन २१ गते आइतबार