२०८३ वैशाख ८ , मंगलबार

वडाध्यक्ष विनोदसिंह विष्टसहित तीनजना पूर्पक्षका लागि कारागार चलान



सुर्खेत । सुर्खेत वीरेन्द्रनगर–३ का वडाध्यक्ष विनोद सिंह विष्ट सहित तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत सुर्खेतले आइतवार उनीहरुलार्ई पूर्पक्षका लागि कारागार चलान गरेको हो ।

न्यायाधिसद्वय मनोज श्रेष्ठको एकल इजलाशले डाका तथा चोरी मुद्दामा वडाध्यक्ष विष्टसहित सुशिल गुरुङ्ग र बलिराज शाहीलाई पनि कारागार चलान गरेको अदालतका सूचना अधिकारी उज्वल रावलले जानकारी दिए । उनकाअनुसार यामराज शाही र सन्तोष थापा भने दुई/दुई लाख धरौटीमा रिहा भएका छन् ।

वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ उपभोक्ता समितिका अध्यक्षको घरबाटै लुटेको भन्दै समितिका मान्छेले असार २१ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । उजुरीको आधारमा उनलाई २४ असारमा प्रहरीले पक्राउ गरेको थियो ।

यो पनि हेर्नुहोस् ।

सुर्खेतका भाइरल वडा अध्यक्ष विनोदसिँह विष्ट पक्राउ

प्रकाशित मिति : २०८० साउन २१ गते आइतबार