२०८३ वैशाख ८ , मंगलबार

आमाहरुलाई दियो प्रतिष्ठानले स्तनपान शिक्षा



जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्तनपान शिक्षा शुरु भएको छ । प्रतिष्ठानका नर्सहरूले आमाहरूलाई स्तनपान शिक्षा दिन शुरु गरेका हुन् । नर्सहरूले बच्चालाई दुध चुसाउने तरिका, पौष्टिक आहार खुवाउने तरिका र अन्य विषयमा शिक्षा दिन शुरु गरेको प्रतिष्ठानका नर्सिङ निर्देशक सविना थापाले जानकारी दिइन् ।

उनकाअनुसार यसपटक स्तनपान सप्ताहका अवसरमा विभिन्न काम गरिएको छ । उनले अगष्ट १ देखि ७ सम्मको अन्तर्राष्ट्रिय स्तनपान सप्ताहमा प्रतिष्ठानका नर्स, डाक्टर, अध्ययनरत विद्यार्थी र सेवाग्राही आमाहरूको सहभागितामा विभिन्न सचेतना कार्यक्रम गरिएको बताइन् ।

अगष्ट १ मा आमाहरूलाई स्तनपान कसरी गराउने भन्ने विषयमा स्वास्थ्य शिक्षा, अगष्ट २ मा फोकस ग्रुप छलफल, अगष्ट ४ मा स्तनपान शिक्षाका विषयमा प्रदर्शनी सचेतना कार्यक्रम गरिएको छ । यस्तै सचेतना कार्यक्रममा नर्स अधिकृतहरूले आमाहरूलाई दुध कुन तापक्रममा कसरी भण्डारण गर्ने भन्ने, आमाहरूलाई दुधपछिसम्म कसरी भण्डारण गरेर खुवाउन सकिन्छ विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहीबार