२०८३ वैशाख ११ , शुक्रबार

वीरेन्द्रनगरमा फुपूको घरमा पढ्न हिडेकी १५ वर्षीय बालिकालाई अटो चालकले गरे होटलमा लगेर बलात्कार



सुर्खेत । वीरेन्द्रनगरमा प्रहरीले बलात्कार गरेको आरोपमा एक जनलाई पक्राउ गरेको छ । एसईईको ग्रेड बृद्धि परीक्षाको तयारी गर्न दैलेखबाट सुर्खेत आएकी १५ वर्षीय किशोरीलाई होटेलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा ३६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–३ घर भई वीरेन्द्रनगर वीरेन्द्रनथर–३ तातापानीमा अटो व्यवसाय गरिरहेका सुरेन्द्रबहादुर शाही रहेका छन् ।  उनलाई बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

 

उनकाअनुसार एसईईको नतिजापछि दुई विषयको ग्रेड वृद्धिको लागि घरबाट वीरेन्द्रनगर फुपूको घरमा आएकी ति बालिकालाई बाटोबाटै होटेलमा लिएर पटक–पटक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना भदौको पहिलो साता नै भएको भए पनि किशोरीलाई बन्धक बनाएर राखेको हुनाले घटना ढिला बाहिर आएको डिएसपी शाहीको भनाई छ ।

 

‘पहिलो पटक फुपूको घरमा आएकी उनलाई पुर्याइदिन्छु भनेर विभिन्न डर धम्की दिएर बलात्कार गरेको अनुसन्धानले देखाएको छ ।’ यो,’ प्रवक्ता शाहीले भने, ‘अनुसन्धान प्रयोजनका लागि ती बालिकाको नाम ‘६४ वीरेन्द्रनगर’ राखेका छौ ।’ बालिका एसइई (माध्यमिक शिक्षा परीक्षा) को नतिजापछि दुई विषयको ग्रेड वृद्धिको तयारीमा थिइन्।

 

घरमै बसेर पढ्दै थिइन् । एकदिन ती बालिका आफ्ना बुवाको मोबाइल फोन चलाउँदै थिइन् । पढ्न छोडेर मोबाइल धेरै चलाएको भनेर हजुरआमा रिसाइन् । बालिकाले हजुरमाको कुरामा इख राखिन् ।वीरेन्द्रनगरमा बसेर राम्रो पढ्ने र ग्रेड सुधार गर्ने अठोट गरिन् । वीरेन्द्रनगरमा उनकी फुपूको घर थियो । त्यहीँ बसेर ग्रेड वृद्धि परीक्षाको तयारी गर्ने विचार गरेर घरबाट हिँडिन्।

 

भदौ २ गते उनी गाउँबाट हिँडेर दैलेख सदरमुकाम गइन् र त्यहाँबाट गाडी चढेर सुर्खेत पुगिन् । उनी सुर्खेत आउँदा साँझ परिसकेको थियो । कालागाउँमा फुपूको घर छ भन्ने थाहा भए पनि उनले घर भने देखेकी थिइनन् । फुपूको घर खोज्दै गणेशचोक नजिकै बाटो छेउमा उभिरहेकी बालिकालाई अटो चालक अछामको पञ्चदेवलका सुरेन्द्र बहादुर शाहीले घरसम्म पु¥याइदिने बताए ।

 

उनको विश्वासमा परेर बालिका अटो रिक्सा चढिन । अटो चालकले कालागाउँतर्फ नलगेर जङ्गलतिर लगेर गयो । बालिकाले यो बाटोबाट फुपूको घर पुगिन्न भनेपछि अटो चालकले जङ्गलबाट फर्काएर ल्यायो । करिब दुई घण्टा अटोमा घुमाएपछि राति नौ बजेतिर घर फेला नपरेको भन्दै उनले बालिकालाई वीरेन्द्रनगरको होटलमा पु¥यायो ।

 

‘बालिकालाई बलात्कार गर्ने र हत्या गर्ने योजना अनुसारनै उसले सुरुमा जङ्गलतर्फ लगेको रहेछ,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मण शाहीले भने, ‘बालिकाले फुपूको घर जान यस्तो जङ्गलको बाटो जानु पर्दैन भनेर कराएपछि जङ्गलतर्फ नलगेर रिक्सा फर्काएको पाइयो ।’ प्रहरीका अनुसार सुरेन्द्रले वीरेन्द्रनगरको एक होटलमा अर्कै नाम राखेर दर्ता किताबमा इन्ट्री गरेका थिए ।

 

उनले आफ्नो नाम सुरेन्द्र थापा लेखाएका थिए भने ठेगाना गोरखा जिल्लाको राखेका थिए। बालिकालाई कोठामा लगेर गएपछि सुरेन्द्रले हातमा एसएलआर राइफलको ट्याटु देखाउँदै मैले भने अनुसार नमाने मार्ने धम्की दिन्छन् । ‘बलात्कार आरोपीको हातमा एसएलआरको ट्याटु छ, शरीरका अरु भागमा पनि ट्याटु छन्,’

 

डिएसपी शाहीले भने, ‘मैले भने अनुसार नमाने मारेर फालिदिन्छु भन्दै धम्की दिएर सुरुमा बलात्कार गरेको पाइएको छ ।’ बलात्कार आरोपी सुरेन्द्रले राति फेरि आफूसँगै बालिकालाई पनि जबरजस्ती मदिरा सेवन गर्न लगाएर पटक–पटक बलात्कार गरेको बालिकाका आफन्तले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । ‘भोलिपल्ट भदौ ३ गते विहान बालिकालाई होटलको कोठामा थुनेर केही समय बाहिर निस्केको र फेरि कोठामा गएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ,’ उनले भने,

 

‘बलात्कार आरोपीले पनि आफ्नो अपराध स्वीकार गरेको छ ।’ बालिकालाई फुपूको घर पु¥याउँछु भनेको सुरेन्द्रले नजिकैको साँघुरो गल्लीमा लगेर छोडेर बेपत्ता हुन्छ । फुपूको खोजीमा भौतारिरहेकी बालिकाले गाउँकै एक जना दिदीलाई फेला पारिन् । उनले बालिकालाई आफ्नो घरमा लगिन् । ‘बालिका दिदीको घरमा १० दिन बसिन्, तर उनले आफूमाथि भएको जघन्य अपराधबारे केही पनि भनिनन्,’ डिएसपी शाहीले भने,

 

‘बालिकाको अवस्था बिग्रँदै गएपछि दिदीले १० गते राति बालिकाका बुबालाई फोन गरेर बोलाइन् ।’ भदौ ११ गते बुबा आए । बुबाले सोधी खोजी गरेपछि बालिकाले घटना सुनाइन् । भोलिपल्ट १२ गते बिहान बुबा छोरीसहित प्रहरीमा पुगे। ‘बालिकाले आफूमाथि परेको घटना सुनाएपछि हामीले खोजी सुरु ग¥यौं,’ डिएसपी शाहीले भने,

 

‘नाम, ठेगाना कुनै सही थिएन, अटो रिक्साको नम्बर पनि थाहा थिएन, बालिकाले भने अनुसार रातो अटो रिक्सा र पीडकको हातमा भएको ट्याटुका आधारमा हामीले खोजी सुरु ग¥यौ ।’ प्रहरीले १३ गते यही चोकबाट उनलाई पक्राउ ग¥यो । प्रहरीले सुरेन्द्रबहादुरविरूद्ध अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाएर उनलाई अदालतमा पेश गरेको छ । अदालतले प्रहरीलाई पाँच दिनको म्याद दिएको छ । डिएसपी शाहीका अनुसार सुरेन्द्रबहादुरले अरू पनि कुनै अपराध गरेको शंका छ र त्यही अनुसार खोजी हुँदैछ ।

प्रकाशित मिति : २०८० भदौ १६ गते शनिबार