२०८३ वैशाख १३ , आइतबार

खोलाले बगाउँदा एक जना बेपत्ता



हुम्ला । बुधबार अविरल वर्षाका कारण हुम्लाको अदानचुली गाउँपालिका वडा नं ३ को काठेसेरा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घरनजिकैको खोला तर्दा अन्दाजी ४५ वर्षीय रवि भ्याल बेपत्ता भएको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले जानकारी दिए ।

बुधबार रातिदेखिको अविरल वर्षाले केही घरखेत र बारीमा समेत क्षति पुर्‍याएको प्रारम्भिक जानकारी आएको अध्यक्ष सिंहले बताए । बाढी तथा पहिरोमा परेकाहरुको खोजी, उद्धार र क्षतिको विवरण संकलनका लागि जिल्लाबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायक उपरीक्षक भिमलाल भट्टराईले बताए ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहीबार