
आशा विक, रुकुम पश्चिम । रुकुम पश्चिममा खोलाले बगाएर बेपत्ता भएका पुरुष अझै पनि भेटिएका छैनन् । बाँफिकोट गाउँपालिकामा वडा नं १ र २ मा पर्ने पुमा खोलाले बगाएर बेपत्ता भएका बाँफिकोट–१ लागीमका ५८ वर्षीय हृदय गिरी अझै नभेटिएका हुन् ।
बिहीबार दिउँसो १ बजे पिपलबाट घर फर्किने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका गिरी हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता गिरीको नेपाल प्रहरी र स्थानीयहरूले खोजीकार्य जारी राखेका छन् ।
प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रबार