
सुर्खेत । रुकुम पश्चिममा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मुसिकोट नगरपालिका ६ बस्ने ३६ वर्षीय झगेन्द्र भण्डारी रहेको प्रहरीले जनाएको छ ।
उनलाई ३ नाल भरूवा बन्दुक, नाल बनाउन प्रयोग हुने पाईप १ थान, सट्गनको कार्टिज ५ राउण्ड, बारुद बनाउन प्रयोग हुने गन्धक करिब १ मुठी, सोडा आधा प्याकेट, फलामको छड काटेर बनाएको छर्रा ६ वटा, गोली जस्तो बनाएको फलामको टुक्रा १५ वटा, क्यापमा प्रयोग हुने पटाका २० रोल र बारुद २ डिब्बासहित बिहीवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धमेन्द्र खड्काले जानकारी दिए ।
उनकाअनुसार भण्डारीको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।