
सुर्खेत । परिलक्षित संस्थाले सुर्खेतको भेरिगंगा नगरपालिकामा अनुगमन गरेको छ । फेल्म नेपालको सहयोगमा, अपाङ्गता भएका व्यक्तिहरुको लागि शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत भेरिगंगा नगरपालिकाको उप–प्रमुख धनसरा बोहोराको नेतृत्वमा संस्थाले अनुगमन तथा मूल्यांकन गरिएको हो ।
जसअन्तर्गत भेरिगंगा–६ का नबिन बिकले परिलक्षित बाट ३ महिने मोवाईल मर्मत तालिम प्राप्त गरि पसल संचालन गरेको उनलेपसलबाट राम्रो आन्दामी गरेको पाइएको छ । यस्तै अनुगमनका क्रममा भेरिगंगा–९ का खर्क बहादुर कामी, टेक बहादुर ओरले बाख्रापालन, भेरिगंगा–९ ठुलो जात्री कि सुस्मा परिवारले सिलाईकटाई तालिम सिक्दै गरेको र भेरिगंगा–९ कि मैसरा बिकले किराना पसल संचालन गरेको पाइएको छ ।
भेरिगंगा नगरपालिका स्थित शिखर मावि रामघाट सुर्खेतद्वारा संचालित दृस्टीबिहिनबालबालिकाहरुको लागि बेड– बिस्तार सहयोग र राउण्ड टेबल जस्ता गतिबिधिको अनुगमन समेत गरीएको संस्थाका फिल्ड कार्यक्रम अधिकृत राजु लामिछानेले जानकारी दिए । उक्त अनुगमनमा भेरिगंगा नगरपालिकाकी उप–प्रमुख धनसरा बोहोरा, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पोख्रेललगायत अन्य व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।