
काठमाडौं । नेकपा एमालेले आफ्नो संकल्प यात्राको पाँचौ दिन आज सुर्खेतमा आमसभा गर्दै छ । आजको यात्रा दैलेखबाट सुर्खेतको वीरेन्द्रनगरसम्म हुने एमालेले जनाएको छ । आजको यात्रा ७१ किलोमिटरको हुने छ ।
हिजो अछामको मंगलसेनदेखि दैलेख बजारसम्म एमाले टोलीले १ सय ५४ किलोमिटरको यात्रा तय गरेको थियो । दैलेख बजारमा स्थानीय नेता, कार्यकर्ता तथा एमालेका शुभेच्छुकहरुसँग नेतृत्वले सामुहिक भेटघाट गर्ने छ । एमाले टोलीले दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन स्थलको अवलोकन समेत गरेको छ ।
यसैगरी अध्यक्ष केपी शर्मा ओलीले दैलेखको गुराँस गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रम छ । विहान खाना दैलेखमा खाएपछि टोली सुर्खेत हिड्ने छ । सुर्खेतको वीरेन्द्रनगरमा आज हुने आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने बताइएको छ ।
प्रकाशित मिति : २०८० मंसिर १८ गते सोमबार