नेपाली सेनामा ठूलो संख्यामा जागिर खुल्यो, न्यूनतम योग्यता ८ पास (विज्ञापनसहित)

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ३० कार्तिक २०८१, शुक्रबार ०८:०९

काठमाडौं । नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले ठूलो संख्यामा नेपाली सेनामा सैन्य तथा विभिन्न ट्रेडका लागि दरखास्त आह्वान गरेको हो।

जंगी अड्डाका अनुसार २ हजार ५ सय १० जना सैन्यको माग भएको छ। यसैगरी कुचिकार लोहार केशकर्तक बकासी लगायतका विभिन्न पदका लागि १२५ जनाले जागिर पाउने भएका छन्। यसैगरी प्राडर प्राविधकर हवाइ र विविध सेवाका अधिकृत ११९ जना मागिएको छ। जसमा समाचार सम्पादक, बाचक लाइब्रेरियन लगायत छन्।

सैन्य पदका लागि कक्षा ८ पास गरेको भए पुग्ने छ। दरखास्त दिने अन्तिम म्याद मंसिर २९ सम्म तोकिएको छ। दोब्बर दस्तुर बुझाई पुस ६ गतेसम्म दरखास्त दिन सकिने नेपाली सेनाले जनाएको छ।

Next Post

नेपालले बङ्गलादेशलाई आजदेखि विद्युत बिक्री गर्दै

३० कार्तिक २०८१, शुक्रबार ०८:०९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्दै छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो। बिजुली निर्यात इतिहासमै एउटा महत्वपूर्ण फड्को मानिएको छ । भारत निर्यातका लागि नेपालले प्रस्ताव गरेका जलविद्युत् आयोजना स्वीकृति तथा अन्य प्रक्रिया […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930