चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

खबर दृष्टि
खबरहब २५ फाल्गुन २०७९, बिहीबार ०९:४७

नेपालगन्ज। विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री मार्ग हुँदै इटलीबाट ल्याइएको उक्त चामल भारतको कलकत्ताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइँदै थियो । चामल लिएर गत माघ १५ गते नाकामा आइपुगेका डब्लुबी ०३ डिओ १०७, डब्लुबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनर एक महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमा थन्किएका छन् । प्रज्ञापनपत्र नम्बर २२१५ बाट ल्याइएको उक्त चामल कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउनका लागि ल्याइएको बताइएको छ । नाकामा पुगेपछि गुणस्तर जाँच गर्न चामलको नमूना खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगञ्ज पठाइएको थियो ।

प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा चामल भिजेको, गन्ध आएको र खान अयोग्य रहेको प्रतिवेदन बुझाएपछि नाकामै रोकेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले जानकारी दिए। उनले भने, “गुणस्तर प्रमाणीकरण कार्यालयले चामल गुणस्तरहीन भनेर रिपोर्ट दिएपछि नियमानुसार उक्त चामल भित्रिन दिन नमिल्ने भएकाले रोकेका हौँ”, भन्सारले चामल भित्रिन नदिएपछि कन्टेनर भन्सारमै थन्किएका छन् । विश्व खाद्य कार्यक्रमले खाद्यान्न वितरण गर्ने नाममा पटक–पटक कुहिएको खाद्यान्न वितरण गर्ने गरेको गुनासो आएको छ । यसअघि २०७२ सालमा बाँकेको खजुरास्थित विश्व खाद्य कार्यक्रमको गोदाममा भण्डारण गरेर राखिएको पाँच सय १४ मेट्रिक टन दाल कुहिएको अवस्थामा फेला परेको थियो ।

Next Post

शान्ति प्रक्रियालाई संविधानको मर्म र भावनाबाट अलग गर्न मिल्दैन : शर्मा

२५ फाल्गुन २०७९, बिहीबार ०९:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शान्ति प्रक्रियालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत निष्कर्षमा पुर्‍याउनुको विकल्प नभएको जिकिर गरेका छन् । शान्ति प्रक्रियालाई संविधानको मर्म र भावनाबाट अलग गर्न नमिल्ने उनले तर्क गरेका हुन् । सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, ‘शान्ति प्रक्रियालाई संविधानको मर्म र भावनाबाट अलग गर्न […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930