२०८२ मंसिर २० , शनिबार

पैसा असुल्ने गरेको गुनासोपछि बबई चेक पोस्टका सबै प्रहरीको सरुवा

निरन्तर गुनासोका आधारमा बबई चेकपोस्टमा तैनाथ ट्राफिक प्रहरी र नेपाल प्रहरी दुवै समूह परिवर्तन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख एसएसपी केदारप्रसाद खनालले जानकारी दिए।


समाचार सारांश
Generated Using AI
  • कर्णाली प्रदेश प्रवेश गर्ने मुख्य नाका बबईमा यात्रु र चालकसँग दुर्व्यवहार गर्दै पैसा असुल्ने गुनासो बढेपछि प्रहरी टोली पूर्ण रूपमा फेरेर नयाँ खटाइएको।
  • निरन्तर आएका गुनासोका आधारमा ट्राफिक प्रहरी र नेपाल प्रहरी दुवै टोली हटाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी केदारप्रसाद खनालको जानकारी।
  • हवल्दारसहित ४ जना ट्राफिक प्रहरी र असईसहित ११ जना नेपाल प्रहरी गरी १५ जनाको टोली गणमा फिर्ता बोलाई नयाँ टोली पठाइयो
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

सुर्खेत । कर्णाली प्रदेश प्रवेश गर्ने मुख्य नाका बबईमा कार्यरत प्रहरीहरूले सवारी साधन र यात्रुसँग दुर्व्यवहार गर्दै पैसा असुल्ने गरेको गुनासो बढेपछि सम्पूर्ण प्रहरी टोली नै परिवर्तन गरिएको छ। निरन्तर गुनासोका आधारमा बबई चेकपोस्टमा तैनाथ ट्राफिक प्रहरी र नेपाल प्रहरी दुवै समूह परिवर्तन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख (एसएसपी) केदारप्रसाद खनालले जानकारी दिए।

उनका अनुसार करिब एक हप्ता अघि नै पोष्टमा कार्यरत हवल्दारसहित ४ जना ट्राफिक प्रहरी र असईसहित ११ जना नेपाल प्रहरीको टोली गरी १५ जनालाई फिर्ता बोलाई हाल ट्राफिक प्रहरी पोष्टमा वरिष्ठ हवल्दार जितेन्द्र शाहीको कमाण्डमा ३ जना र नेपाल प्रहरीका असई डम्मर बहादुर खत्रीको कमाण्डमा ११ जना प्रहरी खटाइएको छ।

एसएसपी खनालले भने, ‘१५ जनामध्ये कसलाई मात्र छान्ने भन्ने अवस्था थिएन, त्यसैले सबै टोली नै परिवर्तन गरिएको हो।’ पोष्टमा कार्यरत हवल्दारसहित ४ जना ट्राफिक प्रहरी र असईसहित ११ जना नेपाल प्रहरीको टोली गरी १५ जनालाई फिर्ता बोलाई हाल ट्राफिक प्रहरी पोष्टमा वरिष्ठ हवल्दार जितेन्द्र शाहीको कमाण्डमा ३ जना र नेपाल प्रहरीका असई डम्मर बहादुर खत्रीको कमाण्डमा ११ जना प्रहरी खटाइएको छ।

सेवा दिन बसेकै व्यक्ति गलत भए जो कोहीलाई पनि नछोडिने नीति अनुसार प्रदेश प्रहरीले कदम चालेको उनकाे भनाइ छ  । बबई चेकपोस्टमा सवारी चेकजाँचका नाममा प्रहरीले यात्रु र चालकलाई दुःख दिने तथा पैसा असुल्ने गरेको गुनासो धेरै समयदेखि आइरहेको थियो।

प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार