समाचार सारांश
- नेकपा एमालेले शनिबार ७७ वटै जिल्लामा प्रदर्शनसहित सभा सम्पन्न गरेको छ ।
- पार्टीको तेस्रो चरणको कार्यक्रम अन्तर्गत आयोजित सभाहरूलाई केन्द्रीय तथा शीर्ष नेताहरूले सम्बोधन गरे।
- सुर्खेतमा पनि शनिवार वीरेन्द्रनगरमा बृहत् जनप्रदर्शन तथा जनसभा गरेको छ ।
- सभामा केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज नवराज रावत, स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री यामलाल कँडेल लगायतको सहभागी रहेको थियो ।
- उनीहरुले सभाको सम्बोधन गर्दै एमाले जनताको पार्टी भएको दाबी गरे।
- जेन–जी आन्दोलनमा सहभागीहरू “युवा नभई लुटेरा समूह भएको रहेको आरोप लगाए ।
- अन्य वक्ताहरूले युवाका रोजगार, अवसर र क्षमता विकासमा जोड दिँदै जेन–जी पुस्ताको परिवर्तन–आकांक्षा पूरा गर्ने क्षमता एमालेसँग रहेको दाबी गरे ।
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले शनिवार ७७ वटै जिल्लामा प्रदर्शनसहित सभा गरेको छ । एमालेले तेस्रो चरणको कार्यक्रमअन्तर्गत आज जिल्लास्तरमा सभा गरेको हो । जिल्लामा भएको सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । जसमा जनसभामा महासचिव शङ्कर पोखरेलले बाँकेको नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गरे ।
यसैगरी रुपन्देहीको कार्यक्रममा सचिव छविलाल विश्वकर्मा, झापाको विर्तामोडमा सचिव पद्मा अर्याल र कैलालीको धनगढीमा सचिव लेखराज भट्टले सम्बोधन गरे । एमालेले भदौ २३ र २४ मा ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाही तथा प्रतिनिधिसभा पुनःस्थापनालगायत माग गर्दै जनप्रदर्शन र सभा गरेको थियो ।
यसैक्रममा सुर्खेतमा पनि शुक्रबार वीरेन्द्रनगरमा बृहत् जनप्रदर्शन तथा जनसभा गरिएको थियो । प्रदर्शनका क्रममा सुर्खेतमा एमाले नेताहरूले जेन–जी आन्दोलनको निकै आलोचना गरेका थिए । वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको ¥याली घण्टाघर पुगेर जनसभामा परिणत भएको थियो । जनसभामा कर्णालीका केन्द्र, प्रदेश र जिल्ला तहका नेता तथा जिल्लाका ९ वटै पालिकाबाट उल्लेख्य संख्यामा कार्यकर्ता, समर्थक र युवाको उपस्थिति थियो ।
-1763202966.jpg)
सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इञ्चार्ज नवराज रावतले जेन–जी आन्दोलनपछि बनेको सरकारले जनतामा कुनै आशा दिन नसकेको आरोप लगाए । उनले भने, ‘जेन–जी आन्दोलनपछि बनेको सरकार संविधानको अक्षर र भावना दुवै विपरीत चलेको छ । नेपाली जनता अब पुनः एकपटक जाग्ने बेला आएको छ । यस सरकाटबाट हामी र नेपाली जनताले केही आश गरेका छैनौँ ।,’
उनले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचन सरकारले समयमै गर्न नसक्ने विश्वास एमालले लिएको टिप्पणी गरे । साथै नेपालमा देश विकास एमाले बाहेक अरुले गर्न नसक्ने दाबी गरे । त्यस्तै, एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा एमाले जनताको पार्टी भएको दाबी गर्दै जेन–जीका माग पूरा गर्ने क्षमता एमालेसँग मात्र रहेको बताए । उनले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा सहभागीहरू ‘युवा पुस्ता होइन, लुटेरा समूह’ रहेको आरोप पनि लगाए ।
कार्यक्रममा अन्य वक्ताहरूले युवाका रोजगार, अवसर र क्षमता विकासका विषयमा जोड दिँदै जेन–जी पुस्ताले अपेक्षा गरेको परिवर्तन एमालेले मात्र पूरा गर्न सक्ने दाबी गरे । वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख तथा एमाले केन्द्रीय सदस्य मोहनमाया ढकालले सरकार निर्माण प्रक्रिया असंवैधानिक र गैर–लोकतान्त्रिक भएको आरोप लगाउँदै प्रतिपक्षमा बसेर एमाले जनअधिकारको पक्षमा दृढतापूर्वक उभिएको बताइन् । सभा सम्बोधन गर्ने नेताहरूले संविधान, लोकतन्त्र र जनअधिकारको संरक्षणका लागि हुने संघर्षमा जनताको साथ अपरिहार्य रहेको जोड दिएका थिए ।
तस्वीरहरू हेर्नुहाेस् –
-1763202964.jpg)
-1763202969.jpg)
-1763202967.jpg)
-1763202971.jpg)
-1763202973.jpg)
-1763202975.jpg)
-1763202977.jpg)