२०८३ असोज १९ , सोमबार

वीरेन्द्रनगरमा बर्षा सुरु, तीन दिनसम्म वर्षाको संभावना



सुर्खेत । सुर्खेत दैलेख लगयातका जिल्लाहरुमा यति खेर पानी पर्न सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको बताएको र सोहि अनुरूप पक्षीमि वायुको प्रभाभको कारण हलुका हावा सहित बर्षा भैरहेको हो । मध्यम बर्षा भए पनि लगातार झरी भने नपर्ने बताईको छ ।

आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको तर लामो समयसम्म प्रभाबले माद्यम बर्षा भएपनि गातार झरी भने नपर्ने मौसमविद् विनु महर्जनले बताइन्।

कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव कायम छ । कोशी, मधेस र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमबार