जगदिश शाही
नवलपरासी ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार २०८३ साल कात्तिक ३० गते बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको हो ।
दुर्घटनामा बसमा सवार २५ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । घाइतेहरूको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०८३ मंसिर १ गते सोमबार